हाडीगाउँ र मालीगाउँका विपन्न वर्गलाई कोरोना राहत व्याकेज वितरण

काठमाडौं । विश्वभर फैलिएको महामारीका कारण मुलुकभर लकडाउन गरेका कारण त्यसको प्रत्यक्ष असर दैनिक ज्यालादारी गरेर खाने नागरिकहरुमा परेको छ । दिनभर काम गरेर दुईछाक जोहो गर्ने नेपालीहरु त्यसको मारमा परेका छन् । निम्न आय भएका त्यस्ता व्यक्तिहरुलाई दैनिकी सहजता गर्नका लागि नेपाल सरकारले स्थानीय सरकार मार्फत राहत व्याकेज दिन शुरु गरिसकेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ५ ले पनि वडा क्षेत्रभित्र हाडीगाउँ तथा मालीगाउँ, कालोपुल लगायतका स्थानमा बसोबास गर्ने निम्न बर्गका वडाबासीहरुलाई राहत प्याकेज वितरण गरेको छ ।
वडा कार्यालयले शुक्रबार र शनिवार दुई दिन हिरारत्न हलको प्राङ्गणमा राहत प्योकज बाँढेको थियो । दुई दिन वितरण गरिएको राहत प्याकेजबाट करीव एक हजार व्यक्ति लाभान्वित भएको वडा अध्यक्ष रमेश डंगोलले इकालोपाटीलाई बताए ।

राहत वितरण कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्था, नेपाल प्रहरी समेतको सहभागीतमा कुपन वितरण गरी सोही आधारमा राहत वितरण गरेको बताए । राहत वितरण कार्यक्रममा कोही पनि विपन्न परिवार भोकै बस्न नपरोस् भन्ने सोचका साथ आफुहरुले घरधनीहरु समेतको रोहवरमा तथ्यांक संकलन गरि कुपन वितरण गरेको वडा नं. ५ की सदस्य मिना सिंह जानकारी दिईन् ।

ताजा अपडेट