कालो बजारी गर्ने अवैतानिक महावाणिज्य दूत शुलभ अग्रवालको पद के गर्छ सरकारले

काठमाडौं, चैत । कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक एवं कीर्गिस्तानका लागिअवैतानिक महावाणिज्य दूत समेत रहेका शुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई गैरकानूनी रुपमा कूटनीतिक नियोगको सवारी प्रयोग गरी कालोबजारी गरेको आरोप प्रहरीले पक्राउ गरेको हो ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत भएकै कारण सुविधा स्वरुप लिएको कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका अग्रवाललाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको आरोप पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए छन् ।
तर अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्न खोजेको पनि आरोप लागेको छ । प्रहरीका अनुसार पक्राउ पर्दाको अवस्थामा अग्रवालसँग ६७ थान थर्मल गन पनि बरामद गरिएको छ ।

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परेका हुन् ।
मुलुक कोरोना भाईरस संक्रमणको विपद्मा परेका बेला जनतालाई अवैतानिक महावाणिज्य दूतको खोल ओडेर कालोबजारी गर्ने अग्रगालको सो पद के हुन्छ भन्ने चर्चा चल्न थालेको छ । यतिखेर विश्व कोरोनाको चपेटामा परेका बेला कुटनीतिक नियोगको गाडीको प्रयोग गरी कालो बजारी गर्ने शुलभ अग्रवाललाई सरकराले अवैतानिक महाबाणिज्य दूतबाट हटाउने निर्णय गर्न सक्छ कि सक्दैन । त्यो भने हेर्न वाँकी नै छ ।