विदेशबाट आउने जहाजलाई जेठ १५ सम्मै रोक्दा ठिक

२५ चैत, काठमाडौं । चीनको बुहानबाट शुरु भएको कोरोना भाईरसले विश्वभर महामारीको रुप लिएको छ । जसका कारण यतिखेर विश्व त्रसित मात्र छैन प्राय सवै देशहरु लकडाउनको अवस्थामा छन् । चीनबाट शुरु भएको यो भाईरस ईटली,जर्मनीलाई मात्र रुवाएन विश्वको शक्तिशाली भनिएको देश अमेरिकालाई यतिखेर रुनु न हाँस्नु बनाएको छ । मानिसबाट मानिसमा सर्ने रोग भएका कारण पनि यो रोगले महामारीको रुप लिएको हो ।

कोरोना संक्रमणबाट समाचार तयार पार्दासम्म १३ लाख ६४ हजार ७ सय ११ व्यक्तिमा संक्रमण भईसकेको छ भने त्यसबाट मर्नेको संख्या ७६ हजार ४ सय ४९ सय पुगेको छ । अहिलेसम्म नेपालको अवस्था हेर्ने हो भने ९ जनामा संक्रमण देखिएपनि १ जना उपचारपछि घर फर्किएको र ८ जनाले उपचार गराईरहेका छन् ।

पछिल्लो समयसम्मको नतिजा हेर्दा नेपालमा कोरोना संक्रमण विदेशबाट नेपाल आएका व्यक्तिहरुमा मात्र देखिएको छ भने पछिल्लो समय कैलालीमा कोरोना संक्रमणले दोश्रो चरणमा प्रवेश गरेको छ । त्यो पनि कोरोना संक्रमण भएको छिमेकी देश भारतबाट आएका व्यक्तिका कारण ।

अहिले कोभिड १९ कोरोना सम्वन्धी उच्चस्तरीय समितिको वैठकले आगामी वैशाख १८ गतेसम्म विदेशबाट आउने सवै अन्तर्राष्ट्रिय उडानलाई प्रतिवन्ध लगाउने निर्णय गरेको भएपनि सो अवधिले नपुग्ने स्पष्ट छ । विदेशमा कोरानो संक्रमण व्यक्तिको संख्या दिनप्रतिदिन बढिरहेका बेला नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिवन्धलाई कम्तिमा पनि जेठ १५ गतेसम्म लैजानु आवश्यक छ ।
नेपालमा संक्रमण रोक्न सक्नु नै विश्वमाझ नेपालको भौगोलिक अवस्थादेखि सरकारले चालेका कदमहरुले समेत प्रशसा पाउने स्थिति हो ।

नेपालमा कोरोना संक्रमणको माध्यम विदेशबाट आउने व्यक्ति नै भएका कारण पनि अहिले विदेशी नागरिकहरु नआउन् भन्नका लागि पनि सरकारले उडान रोक्नु नै बुद्धिमानी हुन्छ । विदेशमा रहेका नेपालीहरुसमेत तत् देशले सकेसम्म आफ्नो देश फर्कन आग्रह गरिरहेका बेला यदि नेपालीहरु फर्कन अवस्था आयो भने कहाँ र कसरी राख्ने भन्ने तर्फ सरकारले अहिलेदेखि नै पूर्वतयारी गरेर अन्तर्राष्ट्रिय उडान लामो सम्म नै रोक्नु पर्ने देखिन्छ । ताकी नेपाल कोरोना संक्रमणबाट बच्न सकोस् ।

ताजा अपडेट