नक्कली स्यानिटाइजर बखेल्ती, स्यानिटाईजरको गुणस्तर चेकजाँच गर सरकार

काठमाडौं, चैत । कोरोना भाईरसका संक्रमण जस्तो संवेदशी समयमा पनि मौका फाइदा उठाएर कालोबजारी गर्न खोज्नेलाई सरकारले नछाड्ने भनिरहेका बेला भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

भक्तपुरमा प्रहरीले नक्कली हेण्ड स्यानिटाईजर विक्री गर्नेलाई पक्राउ गरे जस्तै अहिले स्यानिटाइजरका रुपमा विश्व स्वास्थ्य संगठनले तोकको मापदण्ड पूरा नगरी बखेल्ती नक्कली स्यानिटाइजर निर्वाध विक्री वितरण भईरहेको छ । अहिले जनतालाई दिईने राहतका नाममा बाँडिएको होस् या स्थानीय सरकारले खरिद गरी जनतालाई बाँढेको स्यानिटाइजर नै किन नहोस् अधिकांश गुणस्तरहीन छन् । यस्तो विषय परिस्थितिमा पनि लुट मच्चाईरहेका व्यापारीलाई सरकारले अविलम्व कार्वाही गर्नु पर्दछ । अहिले आफूले गर्दै आईरहेको काम भन्दा फरक काम गर्दै पैसा कमाउने धन्दामा व्यापारीहरु रहेकाले सरकारले बजारमा आएका अधिकांक स्यानिटाईजरको गुणस्तर चेक गर्नु पर्ने देखिन्छ । जसले गर्दा जनताले गुणस्तर युक्त स्यानिटाइजर प्रयोग गर्न पाउने थिए ।

ताजा अपडेट