कालोबजारी गरी चर्को मूल्य असुल्ने भाटभटेनीलाई किन छुट

काठमाडौं, वैशाख १५ । सरकारलेनै राजश्व छली गरेको आरोप लागेका बालुवाटार जग्गाकाण्डका मतियार भाटभटेनी सुपर मार्केटका साहु मिनबहादुर गुरुङ्गलाई सरकारकै कारण अन्त्यन्त न्यून जरीवाना गराएर लुट्न छुट दिईरहेको छ । सरकारलाई भ्याट वापतको ५० करोड भन्दा बढी राजश्व छली गरेको आरोप लागेको भाटभेटेनी सुपरमार्केटको ठगी धन्दा झन् लकडाउनका समयमा अझ मौलाउँदै गएको छ ।
सरकारका प्रभावशाली मन्त्रीका रुपमा रहेको रक्षामन्त्री ईश्वर पोखरेलको संरक्षण पाउँद आईरहेका मिनबहादुर गुरुङ्गले लकडाउनको अवस्थामा आफ्नो व्यापार सञ्चालन गर्ने अनुमति उनै ईश्वर पोखरेलेको आर्शिवादबाट पाएका थिए । त्यत्तिमात्र होइन अत्यावश्यक सवारी साधनका नाममा तीन दर्जन सवारी साधनका लागि पास समेत लिन सफल भएका थिए । अहिले मिनबहादुर सरकारलाई सहयोग गरेको नाममा करोडौं रुपैयाँ ठगी गरिरहेका छन् ।

आफूसँग रहेको स्टक सामान विक्री गर्ने सुवर्ण मौकाका रुपमा अहिले लकडाउनमा भरपूर प्रयोग गरिरहेका छन् मिनबहादुर गुरुङ्गले । भाटभटेनी सुपरमार्केटले दैनिक करोडौं व्यापार गरेर चर्को मूल्यमा उपभोक्ता ठगी गरे पछि बढी मूल्य लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुष्टि त ग¥यो तर जेल पठाउनु पर्ने मिनबहादुर गुरुङ्गलाई मात्र तीन लाख रुपैयाँ जरिवाना गराएर भोलीबाट पुन ठग्ने बाटो पनि खुल्ला गरिदिएको छ ।

मिनबहादुर गुरुङ्ग लकडाउनको बेला सरकारले अन्य पसल तथा बजार बन्द गराईरहेको अवस्थामा आर्थिक चलखेल कै कारण उनीद्धार सञ्चालन गरिएका भाटभटेनी मात्र दिनभर सञ्चालन गर्ने अनुमति लिन सफल भए । जसकार कारण भाटभटेनी सुपरमार्केटले स्टक रहेका तथा म्याद गुज्रन लागेका सामानहरु उपभोक्तालाई भिडाउने मौका पाएको मात्र होइन । बढी मूल्य समेत असुली दैनिक करोडौं ठगी गर्दै आईरहेको छ । कालोबजारी गरेकै कारण शुलभ अग्रवाल अहिले जेलमा छन् तर मिनबहादुर तीन लाख रुपैयाँ तिरेर दैनिक तीन करोड ठगी गर्दा पनि सरकार होस्टेमा हैंसे गर्दै भाटभटेनीलाई ठगी गर्न प्रोत्साहन गरिरहेको छ ।

ताजा अपडेट