पत्रकारलाई प्रेस ज्याकेट सहयोग गर्दै युवा व्यवसायी

काठमाण्डौ, २३ वैशाख । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट आम नागरिकहरुलाई जोगाउन अग्रपंक्तिमा लागिरहेका सञ्चारकर्मीहरुको सुरक्षार्थ कवचका रुपमा प्रेस ज्याकेट, मास्क एवं पञ्जा सहयोग गरेका छन् ।

काठमाडौंमा व्यवसाय गरेर बसेका युवा व्यवसायीहरुले पत्रकारका सुरक्षाका लागि भन्दै ज्याकेट, पञ्जा र मास्क उपलब्ध गराएका हुन् । उनीहरुले स्वतन्त्र पत्रकारहरुको संस्थाका रुपमा रहेको नेपाल पत्रकार मञ्चको केन्द्रिय अध्यक्ष युवराज विद्रोहीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

व्यवसायी पिङ्गु सेरावगी, रवि अग्रवाल लगायतका युवा व्यवसायीहरुले मञ्चलाई ५० थान प्रेस ज्याकेट, २ सय थान पञ्जा र ५सय थान माक्स उपलब्ध गराएको नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले बताएका छन् ।

ताजा अपडेट