संक्रमणको फाइदा उठाउँदै धर्मपुत्रधर्मपुत्रीका नाममा बालबालिका बेचविखन

0
885

काठमाडौं, २३ बैशाख । एक दशकदेखि नेपालका गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई संस्थागत रुपमा नै धर्मपुत्र धर्मपुत्रिका रुपमा विदेश पठाउने गरिएको छ । बालगृह, नेपाल बाल संगठन र तात्कालिन महिल तथा बालबालिका मन्त्रालय समेतको संलग्नतामा यो कार्य हुँदै आईरहेको थियो । त्यसका लािग बालगृहहरु सञ्चालकहरुले महासघ नै गठन गरेर सरकारसँग लविङ्ग पनि गर्दै आईरहेका थिए ।
त्यसबेला नक्कली कागजपत्र बनाउने, वैधानिकताका लागि गोरखापत्रमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने र त्यही आधारमा ३५ बालबालिकाहरुलाई धर्मपुत्र धर्मपुत्रिका रुपमा पठाउने गरिएको थियो । ‘बालबालिकालाई धर्मपुत्र धर्मपुत्रीका रुपमा पठाउन कार्य वैधानिक बेचविखन हो’ बालअधिकारकर्मी गौरी प्रधानको भनाई छ ।
नेपालमा जति राजनीतिक अस्थिरता बढ्छ, बन्यजन्तु, लागूऔषध र बालबालिकाको तस्करी पनि बढ्छ । धर्मपुत्र पुत्रीका नाममा बालबालिका बेच्ने धन्दा खुब चम्केको छ । लोकतन्त्रमा लोकका छोराछोरी बेचेर दलाली खाने रोग नेपाली राजनीतिज्ञ, नागरिक समाज र मानवाधिकारवादीहरुलाई समेत लागेको स्रोतको दावी छ ।

एकदशकमा १८ देशमा ६४ जना बालबालिकालाई धर्मपुत्रपुत्री बनाउने अनुमति दिएको बालबालिका मन्त्रालय र गृहमन्त्रालयमा रेकर्ड छ । जबकि नेपालबाट बालबालिका लगेको रेकर्ड दूतावासहरुमा भने २१२ जनाभन्दा बढीको रहेको छ । ९ देशमा मात्र अनुमति दिएकोमा १८ देशमा नेपाली बालबालिका कसरी पुगे, यसको एउटा तथ्य प्रहरीले जानकारी दिएको छ ।

गतवर्ष साउन ११ गते बेलायतकी एक महिला नेपाल आइन । एक्लै आएकी महिला १८ दिनपछि बेलायत फर्कदा काखमा बालिका लिएर एयरपोर्ट पुगेकी थिइन् । अध्यागमनमा सेटिङ बिग्रेको रहेछ, एक कर्मचारीले १८ दिनमा कसरी बच्चा पाइन् भनेर हल्ला मच्चाइदियो । हल्ला भएपछि छानबिन हुनेभयो, प्रहरीले अनुसन्धान गरेपछि बेलायती महिला डोना स्मिथले पहिले मेरै बच्चा भनिन्, अस्पतालमा बच्चा जन्माएको कागज देखाइन, ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले स्मिथकै बच्चा हो भनेर दिएको सिफारिस पनि देखाइन । अनुसन्धानमा कडिकडाउ गरिएपछि उनले असली कुरो खोलिन– २० लाख दिएर कागज बनाएको र बालिका लान लागेको हो । नगरपालिका, अस्पताल, अध्यागमन, एयरलाइन्स सबैतिर सेटिङ मिलाउने मुख्य दलाल रहेछन्– बालबालिका गृहका सञ्चालक बालकृष्ण डंगोल । जो यतिबेला जेलमा छन् ।

प्रहरी अनुसन्धानका अनुसार एकदशकमा ११ बालबालिकाको अनुमति लिएको देखिन्छ तर अमेरिकी दूतावासमा १०२ बालबालिका अमेरिका लगेको रेकर्ड छ । त्यसैगरी फ्रान्समा एक बालिकाको अनुमति लिएर २१ लगिएछ । डेनमार्कमा २ जना धर्मपुत्र भनेर १८ लगिएको रेकर्ड देखियो । नर्वेमा २ जनाको अनुमति लिएर १० बालबालिका लगिए ।

क्यानडामा २ भनेर ५, स्वीट्जरलेण्डमा १ भनेर ३, बेल्जियममा ४ भनेर १२, इटिलीमा ३५ भनेर ५९ बालबालिका लगिएको रेकर्ड छ । तर भूकम्पपछि बेलायतमा कुनै बालबालिका लैजान अनुमति नदिए पनि बालजु र सुर्खेतका बालबालिका लण्डन पुगेको देखियो । यसको अर्थ जसरी भन्सारमा एक ट्रकको प्रज्ञापनपत्र भरेर सय ट्रक पास गरिन्छ, त्यसैगरी धर्मपुत्रपुत्रीका नाममा हजारौं बालबालिका विदेश लगिसकेको अनुमान गर्न कठिन छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here