व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दाको परिणत

केशव नेपाल केशु’,

सीमाका विषयमा डरले बोल्दैनन् नेता र मिडिया यतिखेर मुलुकमा राष्ट्रियताको संकटमा देखिएको छ । नेपाल सरकारले नयाँ प्रशासनिक नक्सा सार्वजनिक गरेपछि छिमेकी मित्रराष्ट्र भारतका कतिपय नेताहरुले त्यसका विपक्षमा पनि अभिव्यक्ति दिन थालेको पाइनछ ।

यस अवस्थामा मातृभूमिको रक्षार्थ गुट र पार्टीभन्दा माथि उठेर साझा संकल्प र साझा मुद्धा बनाएर बलियो नेतृत्वका साथ सबै एकजुट भएर आँखामा आँखा जुधाएर आफ्ना एजेण्डा राख्न सबै नेपालीहरुले सरकारलाई साथ दिनुपर्छ । लिम्पियाधुरा सहितका भूभागसहितको नक्सा जसरी पारित भयो त्यसरी नै भूमि फिर्ता ल्याउन सक्नुपर्छ । भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा नेता मिनेन्द्र रिजालले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

जसले नेपाली नेताहरु पनि राष्ट्रियताको पक्षका एकमत छन् भन्ने पुष्टि गरिदिएका छन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तवार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकाश रिमाल र सुवास घिमिरे पनि थिए । चीन र नेपालको सम्बन्धलाई लिएर भारतीय संचार माध्यमहरूमा जसरी नेपाल र नेपालीहरू प्रतिआघात र चोट पुर्याउने गरी कुर्लिरहेका छन त्यसले संबन्ध राम्रो हुने होइन की झनै खराब र उत्तेजित पार्ने काम गर्छ असर दीर्घकालीन हुन्छ ।

भारतीय टेलिभिजन प्रस्तोताअर्नव गोस्वामी भारतीय जनता पार्टीका जातीयता र धर्मका नाउँमा द्वन्द्व र आगोमाथि घीउ थप्ने पत्रकारका रूपमा परिचित भएको तथ्यहरुले देखाउँछ । नेपालमा पनि संचारश्रेत्रमा काम गर्ने पत्रकारसाथीहरू करीव २० हजारको हाराहारीमा छन् तर राष्ट्रको संकटको यो घडीमा नेपाली सञ्जार माध्यमले जुन भूमिका निर्वाह गर्नु पर्ने थियो त्यसो गर्न सकेको देखिँदैन । सरकारले जारी गरेको नक्सा प्रकाशन गरेर मात्र कर्तव्य निर्वाह गरेका छन् ।

सत्तापक्षको, प्रतिपक्षको, स्वतन्त्र पत्रकारिताको पनि आ आफ्नै संगठन संघ छन । छाता संगठन नेपाल पत्रकार महासंघ पनि छ, अनि अध्यक्ष सत्तापक्षकै छन जसरी अहिले भारतीय संचार माध्यमहरूमा नेपालप्रति बिरोधमा उत्रिएका पत्रकार छन ती धेरै जसो भारतीय जनता पार्टीका कार्यकर्ता हुन । बाकी सबै राष्ट्रिय भाबनाले ओतपोत भएर बोलिरहेका हुन।

हामीकहाँ सबै दलका आफ्नै संचार माध्यम र पत्रकारहरू छन, केवल सत्तामा रहुन्जेल आफ्नो स्वार्थ अनुरुप पैसा कमाउने अबस्थामा पत्रकारिता बढेकोहो कि भन्ने आशंका पनि पैदा हुने गर्दछ समय समयमा । जसरी राष्टियताको सवालमा न प्रतिपक्ष हुन्छ न त्यहाँ कुनै धर्म हामीकहाँ पत्रकारीता खुम्चँदै छ । विषयबस्तु संगै जोडेर एक दुइ वटा संचार माध्यमले प्रस्तुत गर्दैमा आम जनताले बुझ्न सक्दैन । परिस्थिति समय सान्दर्भिक कार्यक्रमहरू लेख रचनाहरु आउँनु पर्ने देखिन्छ । बास्तबिक तर सान्दर्भिक हुनुपर्छ ताकि नेपालीहरूले बुझ्न कठिन नहोस ।

खरो र राष्ट्रप्रति योगदान र गौरब हुने खालका बहस रचनाहरु हुनुपर्छ । नुनको सोझो गरेर पैसा कमाउने आस गरेर गरिने पत्रकारीताको कुनै औचित्य छैन । यस्तो अवस्थामा कोही पूर्व ,कोही पश्चिम, र कोही उत्तर, फर्केर गरिने पत्रकारिता आर्थिक प्रलोभनमा परेर गरेको देखिन्छ । राजनीतिक दलकै नेता र पत्रकारको पनि यहीँ हालत छ ।

कुनै नामै चलेका नेतालाई सीमा क्षेत्रको बारेमा बोल्न लगाउने हो भने डराउछन, लाग्छ यो देशको हालत चौपट देखेर अहिले पनि कतिपय नेतृत्वहहरु बोल्न सक्दैन ललिपप खान पाइन्छ की भन्ने आसमा छन, तीनलाई यहीँ बेलामा मिडिया मार्फत् आम नागरिकले बहिस्कार गर्न सक्ने बनाउन सक्नुपर्छ । हाम्रो मीडियाको आक्रोस खै ? अनि राजनीति गर्नै सबैनेताहरूको आक्रोस व्यक्त गरेको खै ? बीज्ञको सुझाव र प्रतिकृया खै ? भोली सत्तामा रहन नपाइने होकी भन्ने नेताहरूको चिन्ता छ । जवसम्म नेपाली सञ्चार माध्यमहरु राष्ट्रियताका सवालमा एक ढिक्का हुँदैनन् तवसम्म हामीले राष्ट्रियताका सवाल, सीमाका सवालहरु तथ्य रुपमा ल्याउन सक्देनौ यसमा दुई मत नहोला ।

ताजा अपडेट