नेपाल–इजरायल सम्बन्धको ६० औँ वर्षगाँठ

काठमाडौँ । नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा आज प्रधानमन्त्री के पी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोन मार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरेका छन् ।
दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गर्नुभयो र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए ।
द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्याँकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भएका छन्।

इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिए। उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे ।
कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आजै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र इजरायली विदेश मन्त्री गाबी आस्केनाजीले एक आपसमा शुभकामना आदानप्रदान गरेको जनाइएको छ । एक अर्कालाई पठाएको सन्देशमा दुबै मन्त्रीले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि रहिआएको सुखद् सम्बन्धप्रति खुशी व्यक्त गर्दै वाणिज्य, मानव संसाधन, कृषि जस्ता सहयोगका सम्भावित क्षेत्रहरुमा आगामी दिन सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...