एकै दिन ४५ जना कोरोना संक्रमिट उपचार पछि डिस्चार्ज

काठमाडौं । मंगलबार एकै पटक ४५ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एकजना मकवानपुरका ५४ वर्षीय महिला १०औँ दिनमा डिस्चार्ज भएकी हुन् ।

यस्तै गुल्मी अस्पतालमा रहेका एक ३१ वर्षीय पुरुष ८आँै दिनमा, भीम अस्पताल बुटवलमा रहेका २५ जना आज एकै दिन डिस्चार्ज भएका छन् । तीमध्ये १६ जना रुपन्देहीका ५ देखि ५० वर्ष उमेरका पुरुष तथा कपिलवस्तुका नौजना १९ देखि ३६ वर्ष उमेरका ११आँैदेखि २१आँै दिनमा डिस्चार्ज भएका हुन् ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ आँैदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२आँै दिनमा डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् ।

ताजा अपडेट