राष्ट्रपतिद्वारा प्रमाण ऐन, २०३१ संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।