धार्मिक क्षेत्रका पशुपक्षीलाई विश्व हिन्दू युवा सङ्घको आहरा

काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा विभिन्न धार्मिकस्थलमा खान नपाएका पशुपक्षीका लागि विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आहाराको व्यवस्था गरेको छ । प्राणीको रक्षा गर्ने उद्देश्यले गाई, गोरु, बाँदर, परेवा, कुकुर लगायतलाई खाना र दाना खुवाइएकोे समितिका सचिव सागर थापाले जानकारी दिए ।

पशुपति क्षेत्र, नन्दी आश्रम, गोठाटार, बौद्धनाथ, स्वयम्भूनाथ, गुह्येश्वरी, मैतीदेवी, भद्रकालीलगायत धार्मिकस्थलका पशुपक्षीलाई यो सेवा दिइएको समितिले जनाएको छ । बल्खुस्थित तरकारी तथा फलफूल विकास समितिको सहयोगमा विभिन्न क्षेत्रमा हजारौँ मानिसलाई निःशुल्क तरकारी पनि वितरण गरिएको छ ।

नेपाल मारवाडी परिषद्को सहयोगमा निःशुल्क रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि पनि वितरण गरिएको जनाइएको छ । बन्दाबन्दीको पहिलो दिनदेखि नै विभिन्न संस्थाको सहयोगमा सेवा गर्दै आएको समितिले जनाएको छ ।

ताजा अपडेट