८ लाख घुस सहित डिल्लीबजार मालपोतका अधिकृत पक्राउ

काठमाडौं । घुस खाने अखडाका रुपमा चितिएको मालोत कार्यालय सुध्रिने लक्षण देखिएको छैन । कोरोना भाईरस संक्रमणको त्रासमा सरकारले लकडाउन गरेका कारण करीव ३ महिना कार्यालय वन्द भयो । लामो समय पश्चात सरकारले कार्यालय खोल्न दिर्नेशन दिएको भोली पल्टै मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघुँ कँडेल ८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ लाख रुपैयाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउलाई अहिले राती राति पक्राउ गरेको हो ।

गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।