कविता – हार्दिक श्रदाञ्जली

मेरी आमा, मेरी नमुना

त्यो बिहानी मनले भन्यो समुन्द्रको स्पर्शमा जाउ,
आमाको सम्झनाको छाललाई छोएर आउ,
त्यो बिहानी मनलाई सम्बोधन गरी जाँदै थिए समुन्द्र
बीच बाटोमा पाएको समाचारले रोकिदियो जान समुन्द्र

मेरी आमा, मेरी नमुना
काल्पनिक त्यो मन अनि ताजा त्यो समाचारले निम्तायो भ्रम
अनि रूमल्दा मलाई अबिश्वास, इन्कार, पिडा, चित्कारको मञ्च
रोए कराए, पुकारे तिमीलाई बेहोसीमा,
लाग्यो एकछिन त सबै सकियो छैन केही
बिउँझाइ दियो आफ्नै वर्तमानको जिम्मेवारले भन्दै गर्नु छ अरु केही केही

मेरी आमा, मेरी नमुना

तिमीलाई थाहा छ है कति माया गर्छु भनेर
कति धेरै गन्थनहरु सुनाउन मन थियो भेटेर
निस्क्रीय कोशिस मेरो त्यो तिम्रो मृत्युलाई रोक्न भनेर
पीडा धेरै भयो त्यो समयले दिएको बाध्यता देखेर

मेरी आमा, मेरी नमुना

रुँदैथिए कमजोर हुँदैथिए तर ‘कहिल्यै नहार’ तिम्रो त्यो सन्देशले सावधान गराइदियो
उठे अनि फेरी उठे, मेरा आफ्नैले सगाए मलाई बन्न बलियो
पाएका थुप्रै समबेदनाले दियो मलाई सान्तवना
तिम्रो स्वर्गको बाटो सहज होस भनि गर्न लागे प्रार्थना

मेरी आमा, मेरी नमुना

तिमीले दिएको देनले त म जहाँ लडे पनि उठ्न सकेको हुँ
तिम्रे मायाले मायाकी भण्डार बन्न सिकिएकी हुँ
तिम्रै चाहनाले त मलाई यो पहाडको शिखरमा पु¥याएको हो
आज कहिले नरचेको रचना, नयाँ बिहानी निम्ताएको हो

मेरी आमा, मेरी नमुना

बिश्वास छ मलाई तिमी जहाँ छौ त्यहाँ खुशी छौ ।
किनकी कोही छैन त्यहाँ तिमीलाई दोषदिने, सताउने, दोधारमा पारिदिने
फूलहरु असाध्यै मनपराउने मेरी आमा आफै नै एउटा फूल बन्यौ ।
भगवानको बगैंचा सिङ्गारी दिने सुगन्ध बन्यौ
यात्रा मनपराउने स्वर्गकी यात्री बन्यौ
मेरी आमा, मेरी नमुना
अब निर्धकसाथ आराम गर स्वर्गमा
ॐ शान्ति भै आनन्द लेउ तिमी अब स्वर्गमा
हामी छौ यहाँ तिम्रो चिन्ता र चाहनालाई पूरा गरिदिने
तिम्रो जिवन साथी अनि हाम्रो बुवामा तिमीलाई पुजिदिने
तिम्रा बिरासतलाई कायम गरिदिने ।

मेरी आमा, मेरी नमुना

तिम्रो आत्मा परमात्मा होस्
समुन्द्रको गङ्गा हुँदै बादल होस
अनि पानी बनि आशिर्बाद सधै सधै रहिरहोस ।
कल्पनामा, यादमा तिम्रो सुबास रहिरहोस ।
मेरी आमा, मेरी नमुना
हार्दिक श्रदान्जली
मेरी आमा, मेरी नमुना
(हाल दक्षिण कोरियामा प्राध्यापन पेशामा संलग्न डा सिर्जना थापाले आमाको सम्झनामा लेख्नु भएको कविता)