चीन र नेपालवीच कुनै पनि सीमा विवाद नभएको स्पष्टोक्ती

काठमाडौं । नेपाल र चीनवीच कुनै पनि सीमा विवाद नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकाास मन्त्रालयले सार्वजनिक गरेको भनिएको एक रिपोर्टका आधारमा चीन र नेपालवीचको सीमा विवाद सम्वन्धि कुनै पनि समस्या नरहेको विज्ञप्ति मार्फत जनाएको छ ।

आज परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गरी चीन र नेपालवीच कुनै पनि सीमा विवाद नभएको समेत स्पष्ट परोको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिवेदन जारी गरेको भनिएपनि सो मन्त्रालयले कुनै पनि प्रतिवेदन सार्वजनिक नगरेको मन्त्रालयका सचिव राजेन्द्र कुमार भारीले बताएका छन् । त्यस्तै, हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।