किन खारेज हुँदैछ नेपाल ट्रेड युनियन काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसको सवैभन्दा पुरानो र बढी सदस्य संख्या भएको भातृसंगठन नेपाल ट्रेड युनियन खारेजीको अवस्थामा पुगेको छ ।

यसले नेपाली कांग्रेसका तात्कालीन सभापति गिरिजाप्रसादा कोइरालासँग जोडिएको एउटा लामो इतिहास समेत मेटिने सम्भावना देखिएको छ ।
ट्रेड युनियन ऐन २०४९ को दफा ५ को उपदफा ३ अनुरुप तात्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा श्रम विभागमा दर्ता भएको ट्रेड युनियन कँग्रेसको करीव २८ वर्षपछि अस्तित्व खारेजीको अवस्थामा पुगेको हो ।

नेपाल ट्रेड युनियन काँग्रेसको वर्तमान कार्यसमितिको लापरवाहीका कारण सो संस्था कानूनी रुपमा अवैध जस्तै भएको छ । हुन त आपूmलाई चोख्याउनका लागि संस्थाका महासचिवले नविकरण गर्नका लागि रसिद काटेको नाटक पनि गरेका छन् । ट्रेड युनियन ऐनको दफा ७ बमोजिम यो संस्था स्वत खारेज भईसकेको छ । यो अवस्थामा श्रम विभागका केही व्यक्तिहरुले आर्थिक प्रलोभनमा परेर नियम विपरित नेपाल ट्रेड युनियन काँग्रेसको नविकरणका लागि ५ सयको रसिद काटेको पनि देखिन्छ जुन गैरकानूनी देखिन्छ ।

टे«ड युनियन ऐनको दफा ७ बमोजिम प्रतिष्ठान स्तरको ट्रेड युनियन प्रत्येक दुई वर्षमा र टे«ड युनियन संघ तथा महासंघ प्रत्येक चार वर्षमा नविकरण गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर श्रम विभागमा दर्ता भएका १५ वटा ट्रेड युनियन महासंघ मध्ये नेपाल ट्रेड युनियन कँग्रेसमात्र नविकरण भएको छैन ।

हरेक वर्ष स्वदेशी तथा विदेशी दातृनिकायहरुबाट करोडौं रुपैयाँ सहयोग लिएर सञ्चालन हुँदै आईरहेको यो संस्थाको २०७६ फागुन ३ गतेबाट नविकरण फेल भएको श्रम विभागको तथ्यांकमा देखिन्छ । तर नेपाल ट्रेड युनियन कँग्रेसकाका अध्यक्ष पुष्कर आचार्यहरु भने तथ्यगत कुरालाई पनि स्वीकार गर्न तयार छैनन । टे«ड युनियन ऐन २०४९ को दफा ९ (२) उपनियम (१) बमोजिम संस्थाको नविकरण अवधि सकिनु भन्दा तीन महिना अगावै ट्रेड युनियनले आफ्नो दर्ता प्रमाणपत्र नविकरण गराईसक्नु पर्नेछ । भने म्याद नाघेको मितिले तीन महिनासम्म नविकरण दस्तुरको पच्चीस प्रतिशत जरिवाना तिरी नविकरण गराउन सकिने उल्लेख गरिएको छ ।

तर टे«ड युनियन कंग्रेसले सो नियमलाई उल्लंघन मात्र गरेको होइन आफ्नो पुरानो संस्था जोगाउन श्रम विभागका महानिर्देशकलाई राजनीतिक दवाव दिने काम पनि गरिरहेका छन् । टे«ड युनियन कंग्रेसका अध्यक्ष पुष्कर आचार्य आफ्नो जीवनको कुनै समय पनि श्रममा संलग्न भएका व्यक्ति भने होइनन् । त्यस्ता व्यक्तिले टे«ड युनियन कंग्रेसको नेतृत्व गर्दाको परिणाम अहिले संस्था नै धरापमा परेको देखिन्छ ।
संस्था खारेजीको अवस्थासम्म पुग्दा पनि पदाधिकारीहरुलाई अत्तोपत्तो नभएको जस्तो गरेको देखिन्छ । सो विषयमा टे«ड युनियन कंग्रेस महासचिव योगेन्द्रकुमार कुँवरल भन्छन, ‘आफूहरुको नविकरण प्रक्रियाका लागि दर्ता गरिसकेकोले जसरी हुन्छ नविकरण गर्नु पर्दछ अन्यथा हामी अदालत जान्छौं ।’