सरकारकै कारण कोरोना भयावह वन्दै गरेको कांग्रेस नेता महतको आरोप


काठमाडौं । कोभडि–१९ ले विश्वभर महामारीका रुप लिईरहेका बेला नेपाल सरकारकै कारण कोरोनाको संक्रमण नेपालमा भयावह वन्दै गईरहेको नेपाली कांग्रेसका नेता एवं सहमहामन्त्री डा प्रकाश शरण महतले आरोप लगाएका छन् । उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न वर्तमान सरकार पूर्ण रुपमा असफल भएको समेत बताएका छन् ।
शनिवार राजधानीमा नेपाल प्रेस युनियनद्धारा आयोजिनत कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै महतले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै महतले सरकारको असंबेदनशीलताका कारण परिस्थिति झन भयावह हुन लागेको बताए । अहिलेको गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौती गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।
‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ, त्यसमा महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।
अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यवसायी, रोजगारदाता सबैले आ–आफनो क्षेत्रबाट दायित्व बहन गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पञ्छिन खोजको उनले बताए । ‘सरकार यतिसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री तथा सरोकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत जान सकेका छैनन ।’
नेपाली काँग्रेसले गठन गरेको कोरोना संक्रमण तथा रोकथाम अनुगमनको संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो । यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’
संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे । ‘लकडाउनको बेला सरकार आफू कसरी टिक्ने भनेर अनेक राजनीतिक तिकडममा लागेको र सरकार ढाल्न खोज्नेहरु पनि सरकारले काम गर्न नसकेकोमा बिरोधमा उत्रिएको नभइ आफूले खान नपाएर सरकार ढाल्न तम्सिएको देखिन्छ ।’ सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना संक्रमणको बेला पत्रकारहरुको रोजीरोटी खोस्ने सञ्चारगृहका कार्यालयमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए । उनले भने, ‘पत्रकारको मुख बन्द गर्ने सञ्चारगृहहरुको मुख कसरी बन्द गर्नु पर्छ ? त्यो हामीलाई पनि थाहा छ ।’ नेपाली पत्रकारहरुलाई समस्यामा पार्नेहरुलाई अन्तर्राष्ट्रिय रुपमा कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने विषयमा महासंघले पहल गरिसकेको पनि उनले बताए । पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहहरुलाई विज्ञापन नदिन विज्ञापनदातालाई समेत महासचिव बिष्टले अपिल गरे ।
‘पत्रकारहरुलाई बेरोजगार बनाउने सञ्चारगृहरुलाई अनुदान दिएका अन्तर्राष्ट्रय संस्थाहरुलाई अनुदान रोक्न आग्रह गछौ,’ महासचिब विष्टले भने, ‘पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहविरुद्ध संयुक्तराष्ट्र संघ, आइएलओ तथा अन्तराष्ट्रिय पत्रकार महासंघसम्म पुग्छौ । हामीले त्यसका लागि जानकारी पत्र समेत पठाइसकेका छौँ ।’
संकटको बेला सरकारले पत्रकारिता क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउदै उनले भने, ‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ अग्रसर रहेको उनको भनाइ थियो ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...