६५ हजार घुस खाने लेखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । सुनसरी जिल्लाको स्थानीत तह इटहरी उपमहानगरपालिकामा कार्यरत लेखा अधिकृत विकास पोखरेल ६५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

लेखा अधिकृत विकास पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पोखरेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान ओगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

ताजा अपडेट