स्कूलमै छैन अनलाईनकक्षाका लागि पूर्वाधार

काठमाडौं । सरकारले बन्दाबन्दीका समयमा स्कूले विद्यार्थीहरुका लागि अनलाइन कक्षाका लागि बहस चलाएपनि ५१ प्रतिशत विद्यालयहरु अनलाईन शिक्षाका लागि पूर्वाधार विहिन भएको सर्वेक्षण देखाएको छ । सरकारले शिक्षा लिनबाट कोही पनि बालबालिका बञ्चिन हुन नपरोस भन्ने ध्येयले अनलाइन कक्षाको कुरा उठाएपनि लकडाउनका समयमा लाखौं विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित रहेको कन्र्सोटिय नेपाल र वल्र्ड भिजनले गरेको सर्वेक्षणले देखाएको छ ।
वल्र्ड भिजन र कन्र्सोटियम नेपाल लकडाउनका बेला गरेकोे सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये २९ प्रतिशत बालबालिकाले मात्र वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएको देखिएको छ भने वैकल्पिक पठनपाठन गरिएका विद्यालयहरु मध्ये २० प्रतिशत मात्र प्रभावकारी भएको सर्वेक्षणले देखाएको छ ।
कोभिड–१९ का कारण वैकल्पिक शिक्षाका विषयमा गरिएको सो सर्वेक्षणमा ५१ प्रतिशत विद्यालयसँग अनलाईन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्थ नै नभएको, ६८ प्रतिशत शिक्षकहरुमा अनलाईन कक्षा व्यवस्थित गर्न सक्ने क्षमता नभएको, ८० प्रशिशत विद्यार्थीसँग अनलाईन कक्षका लागि आवश्यक सामग्री नभएको र ६० प्रतिशत परिवारले अनलाईन कक्षाका लागि आवश्यक सामग्रीको व्यवस्थागर्न असमर्थ रहेको देखिएको कन्र्सोटियमका अनुसन्धानकर्ता विष्णुबहादुर खत्रीले जानकारी दिए ।
बालिकामाथि फोनमार्फत हिंसा (१६%), मानसिक तनाव वा दवाव (२२%), यौनजन्य हिंसा वा दुव्र्यवहार (१६%), इन्टरनेटमार्फत हुने हिंसा ( १३%), बलात्कारको प्रयास (९% लगायतका हिंसाहरु रहेको वताएका छन् । अभिभावकहरुसँग गरिएको सर्वेक्षणमा ३६% ले आफ्ना बालबालिकालाई बन्दाबन्दी समयमा शारीरिक कार्यबोझ भएको स्वीकार गरेको समेत सर्वेक्षणमा उल्लेख छ ।

बन्दाबन्दीको समयमा पनि बालबालिकाहरुमाथि विभिन्न खाले हिंसा भएको कन्र्सोटियम र वल्डभिजनले संकलन गरी सार्वजनिक गरेको सर्वेक्षणमा देखिएको छ ।
बन्दावन्दीका समय मुलुकभरीका बालबालिकाको अवस्थाका बारेमा जानकारी लिने उदेश्यले सर्वेक्षण गरिएको र यो समयमा बाल संरक्षणका लागि स्थानीय तहका न्यायिक समिति, प्रहरी, बालअधिकार संस्था, बाल क्लवहरु विगतमा भन्दा बढी सक्रिय पाइएको कन्र्सोटियमका कार्यक्रम संयोजक गौरव केसीले जानकारी दिए ।

ताजा अपडेट