स्वत : खारेज भईसकेको ट्रेड युनियन कांग्रेस नविकरण गर्न आर्थिक चलखेल

काठमाडौं । ट्रेड युनियन ऐनको प्रावधान अनुसार खारेजी भईसकेको नेपाल ट्रेड युनियन कांग्रेसकोलाई गैरकानूनी रुपमा नविरकण गर्न यतिखेर श्रम विभागका महानिर्देशक सनत केसी आर्थिक प्रलोभनमा परेर आफै सक्रिय देखिएका छन् ।

गत फागुन ३ गते नै ऐनले तोकेको नियमानुसार स्वत खारेज भईसकेको नेपाल ट्रेड युनियन कांग्रेसलाई गैरकानुनी रुपमा पुर्नजीवित गर्ने काम भईरहेको छ । श्रम विभागका महानिर्देशकले ऐन विपरित टिप्पणी उठाएर सो संस्था नविकरण लागि मन्त्रालय पठाएका छन् ।

मन्त्रालयमा पुगेको नेपाल ट्रेड युनियन कांग्रेस नविकरण फाइल कानून महाशाखाको राय हुँदै तात्कालिन निमित्त सचिव बाबुराम अधिकारीकोमा पुगेको थियो । अधिकारी कै निर्देशनमा सो फाइल कानून शाखाले राय पेश गरी मन्त्रीको छोरा मनिष राय यादवको हातमा पुगेको छ ।
मनिषराय यादव पेशाले इन्जिनियर भएपनि अहिले बाउ मन्त्रीको स्वकीय सचिव भएर गैरकानूनी फाइलहरु सदर गराउने अभियानमा जुटिरहेका छन् । विगतमा म्यानपावरसँग सम्वन्धित एक संस्थाको पनि यसैगरी उनले ऐन विपरित संस्था नविकरण गरेका थिए ।

पैसा भनेपछि हुरुक्कै हुन मन्त्री यादवका बाउ छोरा कसरी हुन्छ पैसा कमाउने भन्ने लाईनमा छन् । नेकपा पार्टी भित्रको लडाईका कारण सरकार कहिले ढल्ने थाहा नभएका कारण पनि अहिले जनताको काम भन्दा दाम आउने काममा सक्रिय देखिएका छन् मन्त्री यादव । यादवले रकम असुल उपर गर्नका लागि छोरा मनिषलाई मुख्य जिम्मेवारी दिएका छन् । भने प्रशासनिक कार्य हेर्नका लागि केही समय अगाडि मात्र निजी सचिवका रुपमा उप सचिव सुरेश कुमार रावतलाई ल्याएका छन् । रावत सो ठाउँमा आउनु अघि गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिृतका रुपमा कार्यरत थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसको फाइल पनि भ्रष्टमतिका निजी सचिव रावत कै डिजाईन र निमित्त सचिव बाबुराम अधिकारीको निर्देशनमा बाधा अड्काउन फुकाउको व्यवस्थाका नाममा गैरकानूनी ढंगले नविकरण गर्ने प्रयत्न भईरहेको छ ।

आफ्नो संस्था अलप हुने भएपछि निदहराम भएका नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष पुस्कर आचार्य महासचिव योगेन्द्र कुँवरलाई साम, दाम दण्ड भेद प्रयोग गरेर भएपनि संस्था नविकारण गराउन तल्लीन छन् । कुँवरलाई उपमहासचिव गणेश केसी आफ्नो पद र नेपाल ट्रेड युनियन कांग्रेसको प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादव आफ्नो जागिर जोगाउन नेपालका श्रमिकहरुका नाममा विभिन्न दातृनिकायहरुबाट प्राप्त सहयोग संस्था नविकरण गर्ने नाममा आर्थिक हिनामिना गरिरहेका छन् ।

महासचिव कुँवर सञ्चय कोषमा शाखा अधिकृत स्तरको जागिरे हुन् । उनी आम कर्मचारीहरुको संकलन गरेको पैसामा हाजिर गर्ने र टाप कसेर राजनीति गरिरहेका छन् । उनले सञ्चय कोषमा काम गर्नु नपर्ने हो ? दैनिक आफ्नो जिम्मेवारी वहन गर्नु नपर्ने हो ? कुँवर राजनीतिक आडमा काम नगरी नै सरकारी तलव त खाईरहेका छन् नै सञ्चय कोषले गर्ने वित्तिय लगानीहरुको क्षेत्रमा चलखेल गरिरहेका छन् ।

संस्थाको नविकारण खारेज भईसकेको विषयमा ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलाराज दाहाल आफू कार्यसम्पादन समितिको वैठकमा औपचारिक रुपमा जाने भएको भएपनि सो समितिको वैठक नै हालसम्म नठाकिएकाले सो संस्था नविकारणको विषयमा जानकारी नभएको बताए ।