राजश्व अनुसन्धान अधिकृत नै घुस लिँदा लिँदै पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना माछा मात्र पक्राउ ग¥यो भन्ने आरोप लागिरहँदा पुन घुस लिँला लिँदै राजश्व अनुसन्धान अधिकृतलाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना व्यापारीसँग घुस लिँदा लिँदै पक्राउ परेका हुन् । उनले गुड्खा , चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस लिँदै आईरहेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्न खटिएको अख्तियारको टोलीले रानालाई २ लाख नगद लिदै गर्दा रुपन्देहीको बुद्धचोकबाट पक्राउ गरेको हो ।
अख्तियारको नियन्त्रणमा परेका रानाको बारेमा अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।