धनगढीमा समुदायस्तरमा कोरोना फैलियो, पुनः लकडाउन गर्ने तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नेबारे छलफल भईरहेको बताए।

‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएकोमा अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ, प्रवत्ता सन्तोष मुडभरीले भने– ुयसले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको छ।ु

प्रवत्ता मुरारीले सोमवार पनि उप–महानगरपालिकामा छलफल भएको बताउँदै १०र१५ दिनका लागि लकडाउन गर्ने विषयमा धेरैको सहमती जुटेको बताए।

‘लकडाउन खुलेसंगै बजार क्षेत्रमा भीड बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढि भीड हुने स्वास्थ्य क्षेत्रमै न्यूनतम मापदण्ड समेत पूरा भएको छैन्। यस्ले झनै जोखिम बढाएको छ।’

भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको प्रवक्ता मुडभरीले बताए।

समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय भाद्र १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ।

वडाध्यक्ष बलवहादुर ऐरले नजिकै आईरहेका चाडपर्वमा समेत भीडभाड बढ्ने देखिएकोले कोरोना भाईरस नियन्त्रणका लागि कडाइ गरिएको बताए।

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको बताए ।

+ posts

सम्वन्धित समाचार

सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन...

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

ताजा समाचार

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...