राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए ।

यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

+ posts

सम्वन्धित समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

ताजा समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई...

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...