वैवाहिक समानताको कानूनी समस्याका कारण बच्चा जन्माउन कठिन

काठमाडौं । नेपालमा वैवाहिक समानताले कति ठाउँ पाईरहेको छ । के नेपाली समाजले वैवाहिक समानतालाई सहर्ष स्वीकार गरिरहेको छ ? अनि नेपालको छापा सञ्चाार माध्यमहरुले यौन शिक्षा, सुरक्षित गर्भपतन र बैवाहिक समानताको विषयलाई कत्तिको प्राथमिकता दिने गरेका छन् त ? विषय गम्भीर रहेको छ ।
हो, यही गम्भीर विषयमा युवालय नामक संस्थाले अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल पत्रकार मञ्चको समन्वयमा भएको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा युवालयले सन् २०१९ देखि २०२० सम्म छापा माध्यमहरुले वैवाहिक समानता र यौन शिक्षाका विषयमा प्रकाशन गरेको समाचारलाई अध्ययन गरी त्यसको प्राथमिकताका बारे प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपालमा महिला र पुरुषको विबाहलाई मात्र कानुनी मान्यता प्राप्त भएको छ । तर महिला महिला वा पुरुष पुरुष विचको बैबाहिक सम्बन्धलाई अझैपनि कानुनी मान्यता प्राप्त नभएकाले त्यस्ता व्यक्तिहरुलाई धेरै समस्या हुने गरेको संस्थाका संयोजक पिटर राईको भनाई रहेको छ । पिटरले नेपालमा अझैपनि बैबाहिक सम्बन्धमा सम्मान किसिमको कानुन नभएकाले कतिपय दम्पत्तिले बच्चा अपनाउन समेत नसकेको अवस्था रहेको बताए ।
युवालयका अध्यक्ष सन्तोष महर्जनका अनुसार नेपालको १० वटा सञ्चार माध्यमहरुले यी विषयहरुमा प्रकाशन गरेका समाचरबारे अध्ययन गरेको हो ।
एक वर्षको अन्तरालमा यी ३ वटा विषयमा जम्मा ३९० वटा समाचार प्रकाशन भएको अध्यक्ष महर्जनले जनाकारी दिए । अध्ययन अनुसार यौन शिक्षाको विषयमा ७५ प्रतिशत, बैबाहिक समान्ताको विषयमा ८ प्रतिशत र सुरक्षित गर्भपनका विषयमा जम्मा ४ प्रतिशत मात्र समाचार प्रकाशन भएको अध्यक्ष महर्जनले जानकारी दिए ।

ताजा अपडेट