उद्दारका नाममा श्रमिकहरुलाई लुट्दै सरकार, चार्टर प्लेन भन्दै तेव्वर भाडा

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विदेशका श्रमिकका रुपमा काम गरिरहेका कामदारहरुलाई उद्धारका नाममा सरकारी संयन्त्र नै लुट मच्चाईरहेको छ । विश्व यतिखेर कोभिड– १९ को महामारीसँग जुधिरहेको छ । नेपाल पनि करीव ८ महिनादेखि त्यसैको लडाइँमा देखिएको छ । यो महामारीसँगै विश्वको अर्थतन्त्रमा देखिएको समस्या नेपालमा पनि उस्तै अवस्था छ ।

विश्व अर्थतन्त्र नै कोरोनाका कारण प्रभावित बनिरहेका बेला खाडी लगायतका देशहरुमा निश्चित अवधिका लागि काम गर्न गएका नेपाली श्रमिकहरु स्वदेश फर्कने चाहनामा छन् । कतिपय फर्किरहेका पनि छन् । तर उनीहरुलाई उद्दारका नाममा सरकारले लुट मच्चाईरहेको छ । उनीहरुलाई ल्याउन प्रयोग गरिएको हवाइजहाज चार्टर भन्दै तेव्वर भाडा सरकार कै मिलेमतोमा असुल उपर गरिरहेको देखिन्छ ।

हुन त सरकारले कोरोना संक्रमण न्यूनिकरणका नाममा देशको ढुकुटी रित्याउन नै केन्द्रित रहेको देखिन्छ । २०७६ चैत ११ गतेदेखि शुरु भएको लकडाउनमा समय औषधी आयात देखि क्वारेण्टिन निर्माणसम्म अवौं रुपैयाँ लुटिरहेको स्पष्ट छ । विशेष गरी विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरुलाई उद्दारका नाममा लुट मच्चिरहेका दुवईबाट नेपाल वायुसेवा निगमको जहाज रित्तो फर्कको उदाहरण नै हो ।

हुन त करीव दुई तिहाईको सरकार छ । त्यसमा माथि पनि साम्यवाद ल्याउँछु भनेर संघर्ष गरेकाहरु । तर नेपालमा साम्यवाद होइन गणतन्त्रमा लुट तन्त्र देखियो । हो, यतिखेर विदेशमा श्रम गरिरहेका नेपाली नेपाल फर्कन चाहिरहेका छन् । तर, सहजीकरण सरकारले गर्नु पर्ने थियो त्यो देखिएन । चार्टर उडानका नाममा तेव्वर भाडा असुल्ने काम गैरन्यायिक देखिन्छ ।

दुवई, कतार, मलेसिया, कोरिया लगायतका देशमा श्रम गरिरहेकाहरु यतिखे अन्यायमा परेका छन् । काम विहिन छन्, तर तिनै व्यक्तिहरु नेपाल फर्कदा चर्को मूल्य तिर्नु पर्ने अवस्था राज्यले वाध्यकारी बनादिएको छ ।

सरकार विदेकारी नीति अवलम्वन गरिरहेको छ । राष्ट्रियताका खोक्रो आश्वासन दिने र देशको सम्पत्ति लिएर विकसित देश अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देश भासिनेहरुलाई हेर्ने दृष्टिकोण उत्कृष्ट देखिन्छ । तर श्रम गरेर रेमिट्यान्स भित्र्याउने श्रमिकलाई जसले आज मुलुको अर्थतन्त्र जोगाईरहेका छन् तिनलाई हेर्ने दृष्टिकोण सकारात्मक देखिएन । यहीनेर देखिन्छ सरकारको विभेदकारी नीति ।

कोभिड–१९ को यो महामारीमा सरकारी संयन्त्रमा बसेकाहरु कसरी हुन्छ लुट मच्चाउन तल्लीन छन् । खाडी लगायतका मुलुकबाट फर्कनेहरुलाई चार्टर जहाजदेखि क्वारेण्टिनका नाममा होटल व्यवसायीसँगको मिलमतोमा लुट देखिन्छ । यो लुट न्यूनिकरण गर्न नसकिएसम्म कोरोना पनि न्यूनिकरण हुन सक्दैन । सरकार जवाफदेही हुनु पर्ने हो तर छैन । कोरोनाको नाममा लुट कहिलेसम्म मच्चाईरहने ।