शिक्षामा कोरोना प्रभाव : ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा

काठमाडौँ। देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।

प्याब्सनका अनुसार स्थानीय तहबाट स्वीकृति लिएर सञ्चालन हुने मन्टेश्वरीदेखि माध्यामिक विद्यालय तहसम्म पठनपाठन हुने समेत गरी हाल करिब १० हजार शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । तीमध्ये कतिपय बन्द भइसकेका छन् । कतिपय भने विद्यालय खुलेपछि हुने व्ययभार धान्न नसक्ने अवस्था भएर फेरि नखुल्ने अवस्थामा छन् । प्याब्सनका अध्यक्ष टीकाराम पूरी घरभाडा, शिक्षक र कर्मतारीको खर्च, अरु सञ्चालन खर्च र बैंकको ब्याज तिर्न नसक्ने अवस्थाका कारण ५० प्रतिशत विद्यालय अब खुल्नै नसक्ने हो कि भन्नेमा पुगिसकेको बताउँछन् । कोभिड लम्बिँदै जाँदा त्यस्तो संख्या अझै बढ्नसक्ने उनको भनाइ छ ।

देशभर कोरोना संक्रमण फैलिन थालेपछि सरकारले मानवीय गतिविधिलाई थप कडाइ गर्दै गएको छ । यसअघि भदौ १ गतेदेखि खुल्ने भनिएको शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । सरकारको यो निर्णयसँगै यसअघि भदौ लागेपछि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएका विद्यालयको योजनामा ब्रेक लागेको छ ।

विद्यालय सञ्चालकहरु यतिबेला थप निराश बनेका छन् । भदौदेखि पठनपाठन हुन नपाएपछि अब दशैं तिहारअघि विद्यालय खुल्ने सम्भावना टरेको विश्लेषण उनीहरुले गर्न थालेका छन् । यसो गर्दा करिब ७ महिनाको समय खेर जान्छ ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...