मन्त्रिमण्डल पुर्नगठन हुँदै, कस्को कोटाबाट को हुँदैछन् इन ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकले धेरै विषयको टुंगो लगाउने भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको सुझावलाई अन्तिम रुप दिई निष्कर्षमा पुर्याइनेछ ।

कार्यदलले मन्त्रीमण्डल पुर्नगठन र महाधिवेशन गर्ने विषय समेत उल्लेख गरी सुझाव दिएको छ । तत्कालका लागि नेकपाभित्र मन्त्रीमण्डल पुर्नगठनको विषय प्राथमितामा पर्न थालेको छ । सचिवालयका कुन नेताले कति कोटा पाउने र को को मन्त्री हुने भन्ने विषय समेत भित्र भित्र उठिरहेको छ ।

यसपटक प्रधानमन्त्री ओली पुरै सेट परिवर्तनको तयारीमा छन् । कार्यक्षमता हेरेर राख्नैपर्ने भएमात्र केही मन्त्री रहने भएको बुझिएको छ । बाँकी सबै बिदा हुनेछन् ।

मन्त्रीमण्डलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम सम्मले कोटाहरु पाउनेछन् । नेकपाभित्र तीन गुटले पाउने मन्त्रीहरुको संख्याले पनि अब को को मन्त्री बन्ने टुंगो लाग्नेछ ।

यसपटक ओलीले नयाँ अनुहारमा आफूलाई असजिलो परिस्थितिमा साथ दिने महेश बस्नेत र कृष्णलाल श्रेष्ठलाई पनि समावेश गर्ने चर्चा छ । तर, दुवै सांसदहरु सांसद अपहरण प्रकरणमा मुछिएका छन् । बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने चर्चा पनि छ । तर, सांसद हारेकाले यसमा कानुनी अड्चनको विषय छ ।

प्रचण्डको कोटाबाट जर्नादन शर्मा र पम्फा भुषालको सम्भावना बलियो छ । देव गुरुङले पनि यसपटक मौका पाउन सक्छन् । माधव नेपालको कोटाबाट भीम रावल, गोकर्ण बिष्ट र कृष्णलाल महर्जनको सम्भावना बलियो छ । सुरेन्द्र पाण्डे झलनाथ खनाल र माधव नेपाल दुवैले प्रस्ताव गर्नेमा पर्छन् । मन्त्री बन्न अग्रिम दौडधुप चलिसकेको छ । यसपटक मन्त्री बन्नेले महाधिवेशन र आउँदो चुनावमा समेत पकड बलियो बनाउनसक्ने भएकाले दौडधुप तिव्र भएको हो ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...