स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सुरु

काठमाडौँ । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौड्यालले सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको जानकारी दिए। बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ ।

बाँसबारीबाट सुरु हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।

सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा रितेश थापाले जानकारी दिए । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबसमेतले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए।

+ posts

सम्वन्धित समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

ताजा समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई...

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...