एसईईमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीबाट दुई शिक्षक कुटिए

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम नम्बर दिएको आरोपमा सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ। सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका विद्यार्थीले एसईईमा नम्बर कम दिएकाले नतिजा नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीमाथि आइतबार कुटपिट गरेका हुन्।

विज्ञानमा कम नम्बर दिएका कारण माथिल्लो शिक्षा लिन वञ्चित हुनुपरेको भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक मुरारी दाहालले बताए। दाहालका अनुसार कुटपिट गर्नेमा लोकविक्रम च्याङ्बा, विवश च्याङ्बा र रामलाल घिसिङ छन्।

तीनजना छात्रले सरासर कार्यालयमा आएर पहिला प्रअलाई मुहारमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारी कुटपिट गरेको दाहालले बताए।

विद्यार्थीको कुटपिटबाट सुनुवारको अनुहारमा गम्भीर चोट लागेको छ। शिक्षक भण्डारीको जिउमा नीलडाम रहेको दाहालले जानकारी दिए।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ। विद्यार्थीले शिक्षकलाई कुटपिट गरेपछि शिक्षक–कर्मचारीको बैठकले सुरक्षा माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन्।

विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनैमध्येका तीनजनाले कुटपिट गरेको शिक्षक दाहालले सुनाए। घटनाबारे इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको उनले बताए।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...