१७ नेपाली दुबई विमानस्थल मै रोकिए

काठमाडौँ । जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् ।

आज नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले भने भिसाको अवधि सकिंदा तिर्नुपर्ने ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्कन नपाएको नेपाल एअरलाइन्सको यूएई प्रतिनिधि टिकाराम पंगेनीले जानकारी दिए ।

आज नेपाल एअरलाइन्समार्फत नेपाल फर्कने अधिकांश नेपालीले जरिवाना तिरेका छन् । जरिवाना बापतको रकम धेरै नै भएका ४५ जनामध्ये १७ जनालाई कसैगरी पनि पठाउन नसकिएको पंगेनीले बताए ।

ताजा अपडेट