कोरोनाबाट १२ घण्टामा कहाँ कतिको ज्यान गयो ?

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा ९ जनाको मृत्यु भएको छ। चितवनमा ४, वीरगन्जमा ३, धरानमा एक र काठमाडौंमा एक जनाको मृत्यु भएको हो। काठमाडौंमा मृत्यु भएका संक्रमित पूर्वन्यायाधीश हुन्।

मुुटु रोगको समस्याबाट समेत ग्रसित पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको उपचारका क्रममा गंगालाल अस्पताल बाँसबारीमा मृत्यु भएको हो। काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश भएका हुन्।

यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको मिर्चैया ६ घर भएका एक ६५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ । उनको सोमबारराति पौने ९ बजे ती मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो १२ घण्टामा वीरगन्जमा बाराकी एक महिला, पर्साका एक पुरुष र ठेगाना खुल्न नसकेका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ । वीरगन्जको कोभिड अस्पताल गण्डकमा उपचाररत बारा जिल्लाको कोल्भीकी ६० वषीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

वीरगन्ज हरपतगंजका ५३ वर्षिय पुरुषको सोमबार राति मृत्यु भएको छ भने सोमबार राती नै पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चिकित्सक डा चितरञ्जन साहले बताए ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत ३ जना र चितवन मेडिकल केलजमा एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारत २ महिला र एक पुरुषको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरुको मृत्युपछि मंगलबार बिहान कोरोनाको रिपोर्ट आएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारत हेटौंडा उपमहानगरका–१५ का ५८ वर्षीय पुरूषको आज (मंगलबार) बिहान मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३७ पुगेको छ । सोमबार अपरान्ह नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या २ सय २८ पुगेको जनाएको थियो ।

+ posts

सम्वन्धित समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

ताजा समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...

नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भए : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भएको बताएका छन् । साथै उनले साना तथा...

नेपालको विकास मात्र होइन, स्वीस बैंकमा नेपालीको रकम देखेर विश्व चकित

सन् २०२० सम्ममा स्वीस बैंकहरूमा नेपाली नागरिकको नाममा ४६ अर्ब ६४ करोड नेपाली रुपियाँ मौज्दात रहेको बताइएको थियो । बिहीबार स्वीट्जरल्यान्डको राष्ट्रिय...