धरहराको पार्किङ्ग खन्दा भत्कियो काठमाडौं मल

काठमाडौं । सुन्धारा स्थित निर्माणाधिन धरहरा क्षेत्रमा पार्किङ्ग खन्ने क्रममा काठमाडौं मल भत्किएको छ । काठमाडौं मल भत्किँदा डोजर चालक २३ बर्षिय विष्णु कुमार साह घाईते भएका छन् । घाइते साहलाई उपचारार्थ शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ ।

पहिले गोश्वारा हुलाक कार्यालयको केन्द्रिय कार्यालय रहेको स्थानमा हाल धरहरा पुनर्निर्माणको क्रममा अण्डरग्राउण्ड पार्किङ्ग निर्माण गरिँदै छ । सोही पार्किङ्ग निर्माण गर्न लागिएको क्षेत्रमा डोजरले खन्ने क्रममा काठमाडौं मलको दक्षिण तर्फको भाग पुरै विल्डिङ्ग भत्कँदा डोजर चालक घाइते भएका हुन्् । चालक सामान्य घाइते भएको भए पनि अन्य मानवीय क्षति भने भएको छैन ।

ताजा अपडेट