मुख्य प्रशिक्षकसहित विभिन्न पदमा आवेदन माग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षसहित विभिन्न पदका लागि आवेदन माग गरेको छ। आज एक सूचना जारी गर्दै क्यानले आवेदन मागेको हो।

गत वर्षको माघमा सम्पन्न आईसीसी लिग दुईको त्रिकोणात्मक शृंखलापछि नेपाली पुरुष क्रिकेट टिम मुख्य प्रशिक्षकविहिन छ। त्यसयता प्रशिक्षक जतग टमाटाले नेपाली क्रिकेट टोली सम्हाल्दै आएको भए तापनि क्यानले प्रशिक्षकको खाजी जारी राखेको थियो।

गत असार २३ गतेको बैठकले छिटै प्रशिक्षकको आह्वान गर्ने बताएको थियो। सोही निर्णय बमोजिम क्यानले मुख्य प्रशिक्षक, जेनेरल मेनेजर, चिफ फाइनान्स अफिसर, प्रत्येक प्रदेशका लागि १–१ जना प्रशिक्षक र क्रिकेट मेनेजर गरि ११ पद पदका लागि दर्खास्त आह्वान गरेको हो। साथै क्यानले असोेज ७ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताएको छ।

मुख्य प्रशिक्षकका लागि यस्ता छन् योग्यता

मुख्य प्रशिक्षकका लागि इसिबी वा सिए लेभल ३ को क्रिकेट प्रशिक्षण योग्यता हुनुपर्ने छ। त्यस्तै प्रशिक्षकसँग आइसिसीको पूर्ण सदस्य हुन फस्ट क्लास टीम, एसोसिएट टिम या अन्तर्राष्ट्रिय लिग जस्ता क्षेत्रमा ३ वर्षको व्यवसायिक प्रशिक्षण अनुभव भएको हुनुपर्नेछ।

त्यस्तै एसोसिएट राष्ट्रको ओडिआइ साइकल, क्रिकेट कल्चरलगायतका कुराहरु बुझेको हुनुपर्ने छ भने अंग्रेजी राम्रो दख्खल राख्ने, कम्प्युटर स्किल भएको तथा नेपाली क्रिकेटलाई बुझेको ब्यक्ति क्यानको प्राथमिकतामा राखिने क्यनले बताएको छ। प्रशिक्षकको उमेरहद ६० वर्ष ननाघेको हुनुपर्ने छ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...