एसईई दिएका विद्यार्थीकालागि ‘बी वान ग्रुप’ को छात्रवृत्ति

काठमाडौँ । बी वान ग्रुप अफ कम्पनीु ले एसईई उत्तीर्ण भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको छ।

कोभिड(१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना २०७७ ल्याएको हो। कोभिड १९ को महामारी रहेका बेला कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको कम्पनीका अध्यक्ष त्रिभुवन ढकालले जानकारी दिए।

यस वर्षको एसईई सकेर बसेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट फर्म निःशुल्क भरिसकेपछि उत्कृष्ट विद्यार्थी छनोट गरी १० जनालाई मुलुकभरका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक वा पूर्णरुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने अध्यक्ष ढकालले बताए।

असोजमा हुने प्रवेश परीक्षाको आधारमा पहिलो हुने विद्यार्थीलाई मुलुकभर जुनसुकै कलेजमा जुन विषय अध्ययन गर्ने भए पनि पूर्ण रुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने छ भने बाँकी ९ जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराइनेछ।

कोभिड(१९ को महामारीको कारण अभिभावकहरु छोराछोरीको शैक्षिक अवस्थाका विषयमा चिन्तित रहेका बेला यस छात्रवृत्ति कार्यक्रमले केही सहयोग पुग्ने विश्वास आफूले लिएको ढकालले बताए।

ग्रुपअन्तर्गगको ‘बी वान कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी’ ले विषम परिस्थितिलाई ध्यान दिई अनलाइनबाट नयाँ भर्ना कार्यक्रम एवम् सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याएको कलेज प्रशासनले जनाएको छ।

यसै वर्षबाट उक्त कलेजले डिप्लोमा इन होटेल म्यानेजमेन्ट, डिप्लोमा फर प्रोफेशनल कुकरी, डिप्लोमा इन रिटेल म्यानेजमेन्ट र डिप्लोमा इन फेसन डिजाइनिङका कोर्सहरु पनि सुरु गर्दैछ।

देशभरका जुनसुकै ठाउँका विद्यार्थीले पनि सहभागी हुन पाउने कोभिड(१९ छात्रवृत्ति योजना २०७७ को छात्रवृत्ति छनौट प्रक्रियामा भाग लिन असोज ७ गतेसम्म तलको लिंकमा क्लिक गरेर फर्म भरेको हुनुपर्नेछ।

+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...