तीन लाखसहित १२ जना जुवाडे पक्राउ

काठमाडौँ । मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक ताससहित १२ जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउपर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ३६ वर्षीय विमल गुरुङ, वडा नं ३ का ३७ वर्षीय कृष्ण लिम्बु, वडा नं ११ का २८ वर्षीय श्याम लिम्बू, सोही स्थानका ५२ वर्षीय चन्द्र लिम्बू, मोरङको लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ, झापा विर्तामोड नगरपालिका–३ का लक्ष्मीकुमार तामाङ र वडा नं ५ का २७ वर्षीय सञ्चित घतानी रहेका छन् ।

त्यस्तै झापा हल्दिबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ती गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरी धरान–१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, वडा–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का २४ वर्षीय राजन पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...