कोरोनाबाट विदेशमा रहेका दुई सय नेपालीको मृत्यु

काठमाडौँ । कोभिड १९ संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्।

योसँगै विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २०० पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतारलगायत देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो।

हालसम्म विदेशमा ३४ हजार ९३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९ ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।

+ posts

सम्वन्धित समाचार

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

ताजा समाचार

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...

एक हप्तामा सरकारमा जाने, तर आसेपासेलाई नलाने माधव नेपालको उद्घोष

पोखरा । आफ्नै पार्टी नेकपा एमालेमा असन्तुष्टि जनाउँदै विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालले पोखरा पुगेर सरकारमा सामेल...