कोरोना संक्रमितको संख्यामा ब्राजिललाई उछिन्दै भारत

काठमाडौैँ । कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको भारत सबैभन्दा बढी प्रभावित देशको सूचीमा तेस्रो नम्बरमा छ। पहिलो स्थानमा रहेको अमेरिकामा हालसम्म ६२ लाख ४५ हजार भन्दा बढी मानिस संक्रमित भइसकेको तथ्यांक जोन्स हप्किन्स विश्वविद्यलायको छ।

हाल दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख २३ हजार छ। भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार छ। दैनिक ८० हजार भन्दा बढीको दरमा भारतमा संक्रमित थपिइरहेका छन्। यो अनुपातमा भारतले अबको २४ घण्टामा ब्राजिललाई उछिन्ने देखिन्छ। हाल ब्राजिलको भन्दा भारतमा झण्डै १० हजार कम मात्रै संक्रमित छन्।

ओर्ल्डोमिटरको तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ९० हजार ६०० संक्रमित थपिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ७० हजार ६ सय नाघेको छ। यो पनि विश्वको तेस्रो ठूलो संख्या हो।

कोरोनाबाट मृत्यु हुनेमा पनि अमेरिका नै पहिलो नम्बरमा छ। जोन हप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ १ लाख ८८ हजार ५३८ मानिसको मृत्यु भइसकेको छ।

ब्राजिलमा १ लाख २६ हजार २०३ जनाको मृत्यु भएको छ भने चौथो नम्बरमा रहेको मेक्सिकोमा ६६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। एजेन्सी

+ posts

सम्वन्धित समाचार

सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन...

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

ताजा समाचार

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...