अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन

काठमाडौँ । अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो । यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो । यसैगरी, अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसको दाबी छ । ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सलेसमेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ । हाल यो संख्या प्रतिदिन औषत ८ सय ५० छ । संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ । एजेन्सी

+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...