कोरोना : भारतमा २४ घण्टामा ७६ हजार कोरोना संक्रमित, ११३३ जनाको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।त्यसैगरी २४ घण्टामा ११ सय ३३ जनाको ज्यान गएको छ। योसँगै मृतकको संख्या ७२ हजार ७७५ पुगेको छ।

भारतमा अहिले ९ लाख ८३ हजार ६९७ जना सक्रिय संक्रमित छन्। ३३ लाख २३ हजार ९५१ जना भने संक्रमणमुक्त भएका छन्।