कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार पारेको हो।

उक्त प्रतिवेदन परीक्षा बोर्डले शिक्षा मन्त्रालयलमा पठाउने तयारी गरेको छ। मन्त्रालयले बोर्डको प्रस्ताव स्वीकार गरेमा कोरोनाको जोखिम कम भएका केही हिमाली र पहाडी जिल्लामा दशैं अगाडि परीक्षा सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले परीक्षा सञ्चालन हुनुभन्दा करीब एक महिनाअघि सूचना सार्वजनिक गर्ने छ। चरणबद्ध कोरोना जोखिम हेरेर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।

कार्यदलले परीक्षा हलमा बढीमा २५ जना विद्यार्थी राख्ने र एउटा बेन्चमा एकजना मात्रै राखेर सञ्चालन गर्न सिफारिस गरेको छ।

त्यस्तै अनिवार्य मास्क लगाउने, प्रत्येक कक्षाकोठामा स्यानिटाइजरको व्यवस्था गर्ने र परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने पनि उल्लेख गरेको छ।

यसअघि बैशाख ८ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने तालिका सार्वजनिक भएको थियो। सरकारले यसअघि कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले लिने निर्णय गरिसकेको छ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...