अमेरिका पठाउने भन्दै पैसा खाएर फिलिपिन्समा अलपत्र पार्ने पक्राउ

काठमाडौँ । अमेरिका पुर्‍याउने भन्दै पैसा ठगेर दुई युवालाई फिलिपिन्सको मनिलामा पुर्‍याएर अलपत्र पार्ने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम रुकुमका दुई युवाबाट ४१ लाख ६१ हजार रुपैयाँ ठगेर मनिलाको होटलमा पुर्‍याएर अलपत्र पारेको आरोपमा नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण अनुसन्धान व्युरोले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंका सतिश बर्तौला, ललितपुर उपमहानगरपालिका–७ का ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–९ बस्ने २२ वर्षीया कमला लामा छन्। व्युरोको टोलीले गत साउन २९ गते बर्तौलालाई पक्राउ गरेपछि उनकै बयानका आधारमा घटनामा संलग्न भनिएका रिकेश र कमलालाई पक्राउ गरिएको हो।

व्युरोका अनुसार २०७६ साउनमा अमेरिका लैजाने भनेर मलेसिया हुँदै फिलिपिन्सको मनिलामा पुर्‍याएर होटलमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै २३ र २८ वर्षका २ युवाले जाहेरी दिएका थिए। मनिला पुर्‍याएर अमेरिका पुर्‍याउन नसक्ने भनेपछि उनीहरुले घरबाट पैसा मगाएर नेपाल फर्किएको खुलेको छ।

दुबै जनाले नेपाल फर्किन सफल भएपछि आवश्यक कारबाहीको माग गर्दै व्युरोमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भैरहेको व्युरोले जानकारी दिएको छ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...