लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

काठमाडौँ । झापा र सर्लाहीका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँको टोखा नगरपालिका–९ शिव मन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट एक किलो लागुऔषध चरेस जस्तो देखिने पोल्यानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै काठमाडौं महानगरपालिका–१५ स्वयम्भु आनन्दकुटी बिहारस्थित सडकबाट १० किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा।२ ज ५७०९ नम्बरको ट्याक्सीबाट गाँजा बरामद गरेको हो।

त्यस्तै झापाको माङसेबुङ गाउँपालिका–६ मा ४ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। झापाकै बिर्तामोड नगरपालिका–१ अदुवा पुलबाट १४ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–१३ स्थित ईलाम रोडबाट साढे ८ ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित २ जनालाई पक्राउ गरिएको छ।

सर्लाही, पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो लागुऔषध गाँजा बरामद गरिएको छ। ना ४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडेर भागेपछि प्रहरीले जाँच गर्दा ट्रकबाट उक्त लागुऔषध फेला परेको हो।

ताजा अपडेट