सिन्धुपाल्चोक पहिरो अपडेट :मृतक नौ जनाको पहिचान

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ । सभामुख अग्नि सापकोटा पनि घटनास्थल पुगेका छन् ।

बाह्रबीसे ७ घुम्थाङमा पहिरो गएको हो । पहिरोले बस्ती नै पुर्दा ठूलो मानवीय क्षति भएको हो । पहिरामा पुरिएर २२ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।