३ सय ९ किलो गाँजासहित ट्रक बरामद

काठमाडौँ । प्रहरीले सर्लाहीबाट ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।

पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति ना ४ ख ७७४८ नम्बर ट्रकसहित गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ ।

लागूऔषधको कारोाबार भएको सूचना आएपछि गएको प्रहरीको अनुगमन टोली खटिएको थियो । प्रहरी टोलीलाई देखेर ट्रकका चालक फरार भएपछि ट्रकमा खोजतलासी गर्दा ठूलो मात्रामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।