कोरोना : देशभर कति संक्रमित आईसीयूमा ? कति भेन्टिलेटरमा ?

काठमाडौँ । आज मंगलबार देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ। यीमध्ये ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ३७१ जनाको मृत्यु भएको छ।

आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।

देशभर अहिले ७ हजार २५० जना क्वारेन्टिनमा छन्।

ताजा अपडेट