ज्वरो बढेपछि काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौँ । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन ।

उनलाई मंगलबार राति चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको हो ।

गत भाद्र २३ गते कोरोनालाई कोरोना भाइरस संक्रमण पोजेटि देखिएको थियो । उनलाई गएराति सामान्य ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार राति ८ बजे ओम अस्पतालमा भर्ना भएका कोइरालालाई १०३ डिग्री ज्वरो आएको र आज घटेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।

ताजा अपडेट