महँगोमा प्याज बेच्ने काठमाडौँका व्यापारी पक्राउ

काठमाडौँ । महँगोमा प्याज बिक्री गरेको आरोपमा प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेल व्यापारी सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।

काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनीविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।