प्याजमा कालोबजारी सुरु, मंगलबारको तुलनामा बुधबार दोब्बरभन्दा बढी मूल्य

काठमाडौँ । प्याजमा कालोबजारी सुरु भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा कालोबाजरी सुरु भएको हो । देशकै ठूलो र पुरानो तरकारी बजार कालीमाटीमा प्याजको मूल्य बुधबार एक्कासि मंगलबारको तुलनामा सतप्रतिसत वृद्धि भएको छ ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा किनबेच भएको प्याज बुधबार बिहान १३० पुगेको थियो । तर, यो विषयमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति मौन छ । एकैदिनमा तरकारीको मूल्य सतप्रतिसत वृद्धि हुँदा समिति मौन हुनुले आमउपभोक्ताले प्याजको भाउ बढ्नुमा सो समितिको पनि हात रहेको भनी आशंका गरेका छन् ।

तर, सो समितिले अनुगमन सुरु गरेको बताएको छ । यता व्यापारीले भारतबाट प्याज नेपाल आउन नसक्दा मूल्य बढ्नु स्वाभाविक भएको बताएका छन् ।