काँग्रेस सभापति देउवा आइसोलेसनमा

काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत पाँच जनामध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ र अन्य चार जनाको रिपोर्ट नेगेटिभ आएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेसँगै उनी होम आइसोलेसनमा बसेका हुन् । ुसभापति देउवा होम आइसोलेसन बस्नुभएको छ । उहाँको स्वाब संकलनको तयारी भइरहेको छ ।ु, स्वकीय सचिवले भने । यसैबीच, सभापति देउवा आज(बिहीबार) का लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको छलफलमा सहभागी नहुने भएका छन् । उक्त बैठक समेत स्थगित हुने बताइएको छ ।

ताजा अपडेट