काठ तस्कर र वन रक्षकबीच गोली चल्यो

काठमाडौँ । बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका(१७ जैतापुरमा वन गस्ती समूह र काठ तस्करको समूहबीचबुधवार राति गोली हानाहान भएको हो । वन रक्षकको समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन गस्ती टोलीले पनि १ राउड फायरिङ्ग गरको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

जवाफी फायरिङ्ग गरेपछि १० थान गोलाईसहित १ जना काठ तस्कर प्रक्राउ परेका छन् । बाराको करौयामाई गाउँपालिका(४ का स्माईल मियाँलाई पक्राउ गरिएको हो डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय बारामा बन र बन्य जन्तु तस्करीका घटना बढ्न थाले पछि डिभिजन वन कार्यालय सिमरा , बाराले वन गस्तीमा सकृयता बढाएको छ ।

ताजा अपडेट